मंगलसेन : सदरमुकाम मंगलसेनमा करिव सात वर्षदेखि गेस्टहाउस सञ्चालन गर्दै आएका शिवराज उपाध्यायले हालै व्यवसाय छोडे। सदरमुकाममा पहिले भन्दा मानिसको आवतजावतमा कमी आउन थालेपछि होलट व्यवसाय सञ्चालन गर्न समस्या हुँदा उनी मंगलसेन छोडेर धनगढीतिर बसाई सरेका छन्।
राज्य पुर्नसंरचनाका क्रममा जिल्ला सदरमुकाममा हुने प्रायः काम गाउँस्तरमै हुन थालेपछि सदरमुकाममा चहलपहल घट्दा त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा परेको छ। ‘पहिले त गाउँगाउँबाट मानिसहरू काम लिएर सदरमुकाम आउने गर्दथे। अहिले अधिकांश काम नगरपालिका र गाउँपालिकामै हुन थालेपछि चलाउनै गाह्रो भएपछि होटल छोडेको हुँ’, उपाध्यायले भने, ‘होटलका सबै सामान लगेर धनगढीमा होटल सञ्चालन गर्ने तयारी गरेको हुँ।’
विषेशगरी आफ्नो भेगका ग्राहकलाई लक्षित गरी सदरमुकाममा खोलिएका साना होटलहरूलाई राज्य पुर्नसंरचनाको प्रभावले छोएको छ। सदरमुकाममा कामका लागि आउने मानिस गाउँमै रोकिएपछि त्यस्ता ग्राहकलाई लक्षित गरी खोलेका होटलहरू विस्तारै विस्थापित भइरहेका छन्।
‘सदरमुकाममा मानिसको आवतजावतमा कमी आएकाले हाटल सञ्चालन गर्नै मुस्किल भएको छ’, मंगलसेनमा वैद्यनाथ होटल सञ्चालन गर्दै आएका कालिमाटीका धनबहादुर ठकुल्ला भन्छन्। उनी पनि व्यवसायका लागि अर्को गन्तव्यको खोजीमा छन्। भन्छन्, ‘होटल छोड्ने सोचमा छु तर कता जाने निर्णय लिन सकेको छैन।’ गत वर्षभन्दा होटलमा दैनिक खाने बस्ने ग्राहकको संख्यामा निकै कमी आइरहेकाले होटल सञ्चालन गर्न सकिने अवस्था नरहेको ठकुल्लाको भनाई छ।
यसअघि जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय जस्ता सेवाग्राहीको बढी भीड हुने निकायको काम नगरपालिका र गाउँपालिकाको केन्द्रमै हुन थालेपछि सदरमुकाममा सेवाग्राहीको आवतजावतमा कमी आएको हो। जिल्ला प्रशासन, प्रहरी, अदालत तथा बैंकको काम बाहेक प्रायः अन्य कामले सदरमुकाममा आउन नपरेपछि सदरमुकाममा चलहपहल घट्दै गएको हो। मानिसको आवतजावतमा कमी हुँदा होटल बाहेक अन्य व्यवसायमा पनि पहिलेभन्दा मन्दी आएको व्यवसायीहरू बताउँछन्। व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका घर पनि विस्तारै खाली हुँदै गएका छन्। जसले गर्दा घर भाडाबापत उठ्ने रकममा निर्भर स्थानीयहरू पनि चिन्तित छन्। बस्नका लागि राम्रो कोठाको अभाव हुने सदरमुकाममा हिजोआज घरमा बस्ने मान्छे पाउनै घरबेटीलाई मुस्किल परेको छ।
सरकारी कार्यालयका साथै सदरमुकाममा कार्यालय रहेका विभिन्न गैरसरकारी संघ संस्था समेत आ–आफ्नो कार्यक्षेत्र रहेका स्थानीय तहमा केन्द्रित भएका छन्। कुनै विषेश भेला कार्यक्रम भएको दिन बाहेक सदरमुकाममा मानिसको उपस्थिति पातलो हुने गरेको छ।
यसअघि साविकका ७५ वटै गाविसबाट गाविस सचिवले दिने विभिन्न सिफारिसदेखि योजनाको सम्झौतासम्मका कामका लागि सदरमुकाम आउने सेवाग्राही यस वर्षबाट १० वटा स्थानीय तहमा नै रोकिएपछि सदरमुकाम सुनसान बनेको हो।
सदरमुकाममा व्यवसाय गर्ने कतिपय व्यवसायी पनि आफ्नै स्थानीय तहमा फर्केका छन् भने कोही जिल्ला छोडेर अन्यत्र बाहिरिएका छन्। सदरमुकाम सुनासन बन्दा स्थानीय तहका केन्द्रहरूमा भने पहिलेको भन्दा मानिसको चहलपहल बढ्न थालेको छ।
अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना राज्यको पुर्नसंरचनाले सदरमुकामको व्यापार व्यवसायमा मार परेको बताउँछन्। पहिलेदेखि नै दूराअवस्थामा रहेको सदरमुकामको विकास हुने सम्भावना झन् कम भएको उनको बुझाई छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




