काठमाडौं, १५ बैशाख । शुक्रबारदेखि काठमाडौंसहित प्रमुख पाँच शहरमा सेटप बक्स नजोडिएका केबल टेलिभिजनका सेवा बन्द हुने हल्ला छ । तर, सरकारले डिजिटल नहुँदैमा तत्काल केबल प्रविधिको एनालग टेलिभिजन सेवा बन्द नहुने स्पष्ट गरेको छ ।

आजदेखि काठमाडौंसहित बिराटनगर, वीरगञ्ज, ललितपुर र पोखरामा डिडिटल टेलिभिजन प्रशारणलाई अनिवार्य गरेपनि सरकारले अझै लोकल केबल अपरेरटरलाई डिजिटलाइज्ड गर्न केही समय दिने बताएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले टेलिभिजन सेवालाई डिजिटलाइज्ड गर्ने सरकारी नीति भएपनि डिजिटल नगर्नेहरुको सेवा बन्द गर्ने नीति र ब्यवस्था कानुनमा नभएको स्पष्ट पारे । उनले अब केबल अपरेरटरलाई विभिन्न ब्यवस्थामार्फत डिजिटलमा बाध्य पारिने बताए ।

‘हामीले टेलिभिजनलाई डिजिटल बनाउन आग्रह गरेका हौं । अहिले नै पूर्ण रुपमा एनागल बन्द गर्ने कतै भनेकै छैनौं’ ढकालले भने,’आजसम्म दिइएको समयसीमा केबल अपरेटरलाई डिजिटलमा जानेगरी लाइसेन्स लिनका लागि थियो । अब त्यो लाइसेन्स नलिएका मुख्य ५ शहरका केबल अपरेटरले आफैंले कन्ट्रोल रुम डिजिटल गर्न पाउँदैनन् । उनीहरुले अब अन्य डिजिटल गरिएका एमएसओ वा डिजिटल केलबहरुसँग मात्रै सिग्नल लिएर वितरण गर्न पाउनेछन् ।’

सञ्चार मन्त्रालयले असारमा सबै केबलहरुको नवीकारण हुने भएकाले डिजिटल नभएका केबलहरुको सञ्चालन अनुमिति म्याद नथिपिने स्पष्ट गरेको छ । डिजिटलमा जाने गरी नआउने ५ शहरका केबल अपरेरटरले असारसम्म डिजिटलमा नगए कम्पनी नै नवीकारण गर्न पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार