सोउल । कोरियाली नया बर्ष सलनाल अर्थात फेब्रुरी १६ तारिखका दिन आयोजना हुन लागेको रेसुंगा संस्कृतिको झलक भाग ३ को तयारी तिब्र रुपले भैरहेको आयोजक गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जनाएको छ ।
कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुको साथ र समर्थनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको प्रचार प्रचार पनि उत्तिकै रुपमा अगाडी बढिरहेको बताएको छ ।
यस अघिनै कार्यक्रमको उदेश्य वारे थप जानकारी दिन पत्रकार सम्मेलन तथा संघसंस्था बीच अन्तरक्रिया समेत आयोजना गरेको संस्थाले कोरियाको राजधानी सोल ,छलानाम्दो ,थेगु ,बुसान आदि स्थान हरुमा पोस्टर तथा प्रोमो सो गरिरहेको सास्कृतिक संयोजक टोलिले जनाएको छ ।
उक्त कार्यक्रमको लागि नेपाल वाट गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ, वाओ नेपाल युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सार सोनीका रोकाया ,हास्य विधा क्षेत्रमा चर्चामा रहेका हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने भएका छन्।
कार्यक्रमलाइ हनापास रेमिट्यान्सले मुख्य प्रायोजन गरेको छ भने स- प्रायोजकहरुको नामावली छिट्टै प्रकाशित हुने बताइएको छ । त्यस्तै कार्यक्रमलाइ आर्थिक सहयोग गर्ने हरुको नाम तथा फोटो सम्पर्क समितिको फेसबुक पेज वाट सेयर गरिएको छ । हाल सम्म १३० जना सहयोगी दाताहरुको नामावाली प्रकशित गरिसकेको छ । प्रकाशित नमवालिमा ५१ हजार देखि ६ लाख ६६ हजार वन सम्म सहयोग गर्ने ब्याक्ति हरुको नामावली छ l कार्यक्रमलाइ हाल सम्म सबैभन्दा धेरै संस्थाका सम्रक्षक हिम रास्कोटीले ६ लाख ६६ हजार ६ सय ६६ वन सहयोग प्रदान गरेका छन् ।
कार्यक्रमलाइ कोरियामा रहेका बिभिन्न संघ संस्था तथा ब्याक्तित्व हरुको सहयोग रहेको ,दर्शकको माग र चाहाना लाइ मध्यनजर गर्दै कलाकार हरु बोलाइएको साथै दर्शक हरुको सुविधालाई ध्यानमा राखी दोंग्देमून देखि नजिकै कार्यक्रम हलको ब्याबस्था गरिएको कारण रेसुंगा संस्कृतिक झलक भाग ३ ऐतिहासिक हुने आयोजक कमिटिको दावी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




