काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको जनाएको छ । भाषा परीक्षाका लागि आवेदन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बेंकमा पैसा जम्मा गरेका छन् ।
‘शाखाले अनलाइन आवेदन खुला गरेको पहिलो दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले देशमा वेरोजगारी बढिरहेको संकेत गराउँछ’, अन्नपूर्ण लेख्छ– नवौं भाषा परीक्षामा सहभागी हुन चैत १७ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ । तर पहिलो दिनमै ३० हजारभन्दा बढी युवाले भाषा परीक्षाका लागि ग्लोबल बैंकमा २४ डलर भुक्तानी गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार