नयाँदिल्ली ।भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।
सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो ।
एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो । तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।
नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् । यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ ।
दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा र्पुयाउने र बसमा राखेर भारत र्पुयाउने गर्छन् । किशोरीहरूलाई वेश्यालयसम्म र्पुयाउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन् । उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन् । दिदी भनेर चिनिने महिला तस्करका अलावा आफ्नै परिवारका सदस्यहरूले समेत भूमिका खेल्ने गरेको एसएसबीले जनाएको छ । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




