काठमाडौं, ६ वैशाख । हिंसात्मक द्वन्द्वमा फसेको सिरियामा रहेका नेपाली महिला घरेलु कामदार (हाउसमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।
सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका कान्तिपुर दैनिकमा समाचार छ ।

सिरियाली द्वन्द्व हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरुको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।

‘उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं तर उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन्’, दूतावासका प्रवक्ता सुजन बिडारीको भनाइ कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘उनीहरु आफ्नो काममा खुसी देखिन्छन् ।’


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार