कोरिया । नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरेको र आफ्नो कार्यकाल सकिएको एकवर्ष बितिसक्दा पनि संस्थाको हिसावकिताव नबुझाएको आरोप लगाइएको छ । एनसिसिले एक एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो । पूर्व अध्यक्ष शाहले आफ्नो कार्यकाल सकिएको एक वर्ष बितिसम्दा पनि संस्थाको कुनै कागजात, स्ट्याम्प लगायत आर्थिक हिसाव वापत एक करोड बाइस लाख कोरियन वन नबुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिका अनुसार डोटी जिल्ला घर भई लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका अन्नपूर्ण रेष्टुरेन्ट खुम्छन् फाजुका सञ्चालक समेत रहेका नेपाली सम्पर्क समिति(एनसिसि) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले तत्कालिन एनसिसि कोषाध्यक्ष नेपाल जाने भएपछि सबै आर्थिक कारोबार उनैले जिम्मा लिएको र पटक पटक जानकारी दिदा पनि विभिन्न बहाना र आलटाल गरेकोले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको एनसिसिले जनाएको छ । विज्ञप्तिमा शाहको सामाजिक, राजनैतिक, पारिवारिक साथै व्यक्तिगत मर्यादालाई ख्याल गर्दै एकवर्षसम्म पर्खिएको तर हिसावकिताव नदेखाइ अहिले सम्पर्क विहिन भएकोले विज्ञप्ति निकाल्न वाध्य भएको जनाइएको छ ।
गत वर्षको अगस्ट ६ तारिख बसेको नयाँ कार्य समितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष शाह स्वयं उपस्थित भई १० दिनभित्र सम्पूर्ण हिसावकिताब बुझाउने सर्तमा लिखित सहि छाप गरेर बाहिरिएको
तर भाका नाघेर महिनौं बित्दा पनि कुनै पनि हिसाब नबुझाएपछि पटकपटक पत्राचार गरेर हिसाब मिलाउन आग्रह गरेको एनसिसिका महासचिव निर्मल बेलवासेले बताए । ‘अहिलेसम्म ४ पटक पत्र पठाइ सक्यौं’, अध्यक्ष केसीले थपिन, ‘कल वा एसएसएस त सयौं पटक गर्यौं,सधैंजसो एक हप्ताको भाका राख्ने र भाका आएपछि फोन समेत नउठाइ सम्पर्कमा समेत नआएकोले यो प्रेस विज्ञप्ति निकाल्न बाध्य भएका हौं । ‘
एनसिसिले यसअघि पनि सल्लाहकार सहितको मिटिङमा शाहलाई उपस्थित गराइ हिसाबकिताब नबुझाउनुको कारण सोधेको थियो ।उक्त बैठकमा शाहले आफू केही ब्यवहारीक समस्यामा भएकोले २ महिनाभित्र जसरी पनि मिलाउने बाचा गरेका थिए। शाहले आर्थिक हिसाबकिताब नबुझाएपछि २५ बर्ष लामो इतिहास बोकेको संस्थाको सामान्य गतिविधि सञ्चालन गर्न समेत गाह्रो भएको केसीको भनाइ छ। आर्थिक अभावका कारण एनसिसि आपतकालीन राहत कोष स्थापना ,महिला सेल्टर स्थापना ,तनाव ब्यवस्थापन (motivation)कार्यक्रम संचालन जस्ता महत्त्वपूर्ण योजनाहरु ओझेलमा परेको छ।
कोरियामा श्रम गर्न आएका श्रमिकहरुबाट दस हजार वनका दरले उठाएको पैसा कसैले ब्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदैन उनले जसरी पनि दिनुपर्ने अन्य सदस्यहरुको भनाई छ । कानुनी प्रक्रियामा जानको लागि कोरियन वकिलसँग पनि सल्लाह भइरहेको र प्रमाणका लागि सर्जिविन मुचुल्का उठाउनुपर्ने वकिलको भनाइ रहेकोले आवश्यक परेमा सहयोग गर्न पनि सम्पूर्ण नेपालीहरुलाई एनसिसि कोरियाले अनुरोध गरेको छ।गत आइतबार अगष्ट १२ तारिखका दिन चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि शाहको ढिलासुस्ती सार्वजनिक गरेको हो ।
स्रोत: फोनिजकोरियाडटनेट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




