ऐजेन्सी । विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राई रहेका छन् ।

मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्ने सहयोगीका रुपमा रहेका राईले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो ।

मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार