सिड्नी, १० फागुन । अस्ट्रेलियाको सिड्नीमा गत वर्ष कार्यस्थलमा बृद्ध कुटेको आरोपमा पक्राउ परेर ८ महिना जेल परेका एक नेपाली युवा पुनरावेदनबाट रिहा भएका छन् ।
जेलभित्र सजाय भोगिरहेका प्रकाश पौडेललाई यहाँको न्यूसाउथवेल्स राज्यको अदालतले रिहा गर्न आदेश दिएको हो ।
बुपा एज केयरमा एक ८२ वर्षीय बृद्धमाथि हातपात गरेको आरोपमा पौडेल गत जनवरी २३ तारिख गरिएको अदालती फैसलाका आधारमा जेल चलान भएका थिए ।
पौडेलका वकिलहरुले उनी घटना हुनुअघि निकै डराएको अवस्थामा रहेको बताएका थिए ।
सिड्नी डिष्ट्रिक कोर्टका जज हेलेन सेम्सले पौडेलले जुन घटना गराए त्यसमा ठूलो पश्चातापमा रहेको पाएको बताएका थिए । पौडेलका वकिलहरुले घटनालाई अतिरञ्जित बनाउँदै प्रचार गरिएको आरोप लगाएका छन् ।
प्रकाशलाई अदालतले रिहा गर्न आदेश दिएपनि अनिवार्य रुपमा सात महिनासम्म विभिन्न सामाजिक कार्य भने गर्नुपर्नेछ । त्यसपछि मात्रै आफ्नो व्यक्तिगत जीवन ज्यून पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




