काठमाडौं । अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु भएको छ । काभ्रेको बनेपा घर भई अध्ययनको शिलशिलामा अष्ट्रेलियाको मेलबर्न बस्दै आएकी लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निश्मा श्रेष्ठको सवारी सडक दुर्घटनामा मृत्यु भएको हो । काम सकेर राति करिब १ बजे घर फर्कंदा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएपछि घाइते भएकी उनको उपचारकै क्रममा यही मार्च ४ तारिखमा मृत्यु भएको हो ।

गाडीको ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको परिवारिक सदस्य अष्ट्रेलिया पुगेपछि निश्माको मेलबर्नमै अन्त्येष्टि गरिने बताइएको छ । अध्ययनलगायत विभिन्न कारणले अष्ट्रेलियामा नेपालीहरु पुग्ने क्रम बढिरहेको छ भने दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार