नाम – छैन
उमेर – तीन महिना
ठेगाना – गर्भ
समाजले छोरी भनेकी
म चाहेर नी जन्मिन नपाएकी
किनकी ,
डाक्टरले तीन महिना मै पत्तो लागाईदियो
कि म छोरी भन्ने
अनि त घरमा कलह!
आमालाई “छोरा नी पाउन सक्दिनस्?”
बिचरा आमा मौन
बा’को अगाडि के बोल्ने?
किनकि उनलाई त एउटा भुत सवार थियो।
छोरा !
छोरा !!
छोरा !!!
मिल्ने भए आमाले दिनहूँ
छोरा जन्माइ दिन्थिन्,
केवल बा’को लागि
तर मिल्दैन पो ।
तीन महिनामा छोरा कि छोरी थाहा
पाइदिन्छन्
अनि हुन्छ भ्रुणहत्या
यस्तोघटना आमाको
जिवनमा धेरै भयो
किनकि बालाई चाहिएको छोरा थियो
छोरा ।
उसले वंश चलाउछ
स्वर्गको ढोका खोल्छ
बालाई पिण्ड दिन्छ
तर म छोरीमा ती गुणहरु
छैनन्।
र
म
फालिन्छु कलिलै उमेरमा
बा स्कुल त गएनन्
तर,
त्यो डाक्टर त स्कुल गएर पढ्यो
कि छोराछोरी बराबरी ।
अहो! पैसाको लोभले
मेरो हत्या गर्यो
निर्मल हत्या
र
म
फ़ालिऍ कतै
यो संसारमा परिचितविहिन भऍ
तर पनि एकचोटि जन्मेर
मेरा बालाई सोध्ने रहरथ्यो
“बा, म छोरी हो
बा, म जन्मिनुमा पनि गल्ति छ?
बा, तिमीलाई कस्ले जन्मायो?
बा, तिमिले घरमा कस्लाई भित्रयाएका छौ ?
हरेक साझबिहान खाना कस्ले पकाउछ ?
तिम्रो पसिनाले भिजेका लुगा कस्ले धुनछ ? बा तिम्रो हरेक सुख दुख मा साथ दीने को? बा अनि तिमी सोर्गलोक हुदा सबै भन्दा दुखि को हुन्छे?
छोरा भर कुन बाआमा स्वर्ग छिरे ?”
हो यस्तै लामो प्रश्न छन्,
मनमा उकुसमुकुस गुम्सिएका
तर
म जन्मिनै पाउदिन
मलाई जन्मनै दिईदैन
बा, मलाई जन्मन देउ
यो संसार हेर्छु
र
गन्ति गर्न चाहन्छु ती बाबू बाजेको वंश धान्ने , स्वर्गको ढोका खोल्ने, हरेक बा को पीन्ड दीने,
छोरा चै कति रहेछन् यो संसारमा?
एक एक गरेर गन्न चाहन्छु त्यि बहादुर छोराहरूलाई, बा दश औंला जोडेर बिन्ती छ अक चोटी मलाई जन्मन देऊ !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




