काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न अत्यधिक बढी शुल्क तोकिएको हो ।
अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसका आधारमा निर्वाचन समितिले नवौं अन्तराष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार मनोनयन शुल्क निर्धारण गरेको छ । विभिन्न पदहरुका लागि आठौं महाधिवेशनभन्दा दोब्बर बढी शुल्क तोकिएको छ ।
निर्वाचन समितिले अध्यक्षका लागि १० लाख रुपैँया वा १० हजार अमेरिकी डलर शुल्क तोकेको छ । यस्तै उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको छ ।
निर्वाचन समितिले गरेको निर्णयअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार रुपैँया वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै आइसीसी सदस्यमा उम्मदेवार बन्नका लागि १ लाख रुपैँया वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।
शुल्ककै कारण राम्रो काम गर्ने भएपनि एनआरएनमा उम्मेदवार नै बन्न नसक्ने देखिएको एनआरएन अभियन्ताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




