दक्षिण कोरिया । गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको आइसिसि प्रतिनिधिका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका वर्तमान अध्यक्ष खेम कार्कीले उमेदवारी दिएका छन् । एनआरएन कोरियालाई मजदुर मैत्री संस्था बनाउन तथा यसलाई पारदर्शी बनाउदै यसभित्र रहेको अपारदर्शी र अनियमिततालाई चिरफार गरी एनआरएनलाई प्रवासी नेपालीको हकहितमा सर्मपित हुने संस्थाका रुपमा स्थापित गर्नको लागि पनि कार्कीले उमेद्वारी दिएका हुन् । गैर आवासिय नेपाली संघ अन्तरष्ट्रिय समन्वय समिति भनेको केन्द्रीय समिति हो । त्यसको सदस्यको रुपमा कोरियाबाट प्रतिनिधित्व गर्ने गरी आईसिसि सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका कार्की भन्छन्, कोरियामा करिब ८ वर्ष मजदुर तथा पत्रकारको रुपमा काम गर्दा विश्व भरी रहेका विभिन्न संघ संस्था नेपाली समुदायसँग सहकार्य गर्ने अवसर मिलेको थियो । उक्त नेटवर्कलाई कोरियामा रहेका नेपालीहरुको हितमा प्रयोग गर्नको लागि आईसीसी पदमा उम्मेदावारी दिन लागेको छु ।
कोरियामा रहेका ४० हजार नेपालीहरुलाई आफ्नो पनको महसुस गराउनु अर्थात् एनआरएनलाई मजदुर मैत्री संस्थाको रुपमा विकास गर्नु पनि कार्कीको अर्को लक्ष्य हो । कोरियामा रहेका कतिपय नेपाली मजदुरहरुलाई एनआरएन हाम्रो हो भन्ने भावनाबाट विमुख हुनुपर्ने अवस्था देखिन्छ । वास्तवमा यो गम्भीर विषय हो । संस्थाभित्र विभिन्न स्वार्थ, पदलोलुप्ता, कालो बजारी, राष्ट्र विरोधी कार्य, अवैध धन्धा ९हुण्डी०, मानव तस्कार गर्नेहरुकै वोलवाला किन छ त रु सर्वसाधारणलाई पहुच पुग्ने गरी किन एनआरएन बनाउन पहल भएन भन्ने प्रश्न उठेको छ । कोरियामा वहुसंख्यक मजदुर भएपनि उनीहरुलाई केन्द्रविन्दुमा राखेर संस्था चलाउनु पर्दछ । यहि विषयलाई उठाउन तथा कार्यन्वयन गर्न विशेष पहल गर्नको लागि उमेद्वारी घोषणा गरेको कार्की बताउँछन् । भन्छन्, एउटा सामाजिक संस्थाको अधिवेशन किन यति भडकिलो बन्दै छ रु संस्थामा अध्यक्ष बन्न २ करोड सम्म खर्च हुने समाचार पनि आए किन सम्बन्धित पक्ष मुकदर्शक यसमा रु हामीले स्वस्फूर्त रुपमा एनआरएनमा सदस्य बन्ने वातावरण बनाउन सक्नुपर्छ । आर्थिक चलखेलले जित हार होईन एजेन्डा र योग्यताको कदर हुनुपर्दछ । त्यसैगरी विभिन्न क्षेत्र, जाती भन्दा पनि हामी नेपाली भन्ने भावनाको विकास गराउदै विभिन्न जात जाती, भाषा, क्षेत्र र वर्गको हितमा पहल गर्न पनि आफुले उमेद्वारी दिएको अध्यक्ष कार्कीको भनाइ छ ।
लामो समय देखि कोरियाको नेपाली समाजमा क्रियाशिल कार्की छैठौँ अधिवेशनमा आईसिसी सदस्यमा उम्मेद्वारी दिदै एन आर एन मा मजदुरको प्रतिनिधित्व सुनिश्चित हुनु पर्छ भन्दे लागिरहेकका छन । पत्रकार कार्कीेले “हाम्रोलाई होईन राम्रोलाई रोजौं हामी सबै नेपाली हौं सबैले बुझौं ” भन्ने नाराका साथ एनआरएनको चुनावी मैदानमा उत्रेका हुन् ।
एन आरएन मा मजदुरको काम भोट हाल्ने मात्र हैन जिम्मेवार पदमा पनि पुग्न सकिन्छ भन्ने कार्कीको दावी हो । उनले मजदुर मैत्रीको मात्र कुरा गरेर एन आर एन मजदुर मैत्री नहुने भन्दै यो व्यवहारमा लागू हुनु पर्ने बताए । मजदुरहरको हक हितको लागि अब मजदुरहरुनै चनाखो हुनुपर्छ , अहिले आईसिसि सदस्यमा मजदुरलाई जिताउनु एउटा अवसर हो कार्कीले भने । भन्नेबेलामा मजदुर भन्ने अनि पैसा भएकालाई मात्र छान्ने हो , आफ्नो विवेक प्रयोग नगर्ने हो भने त्यो भन्नुको पनि ओचित्य छैन । नेपाली मजदुरहरुसंग लामो समय सहकार्य गरेर बसेको हुदा पनि यो विषयमा सबै नेपालीले सोच्नुपर्छ र एउटा मजदुर उम्मेदवारलाई विश्व स्तरिय आईसिसि सदस्यमा निर्वाचित गराउनु पर्छ यसको लागि सबै संग उनले अपिल गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार