
बोस्टन , अमेरिका ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसास कविता प्रतियोगीतामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको ‘एउटा चराको सूसाइड नोट’ शीर्षकको कविता प्रथम भएको हो ।
यसैगरी नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् । प्रतियोगीतामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई- दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् भने डा. गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको वारेमा मन्तव्य राखेका थिए ।
अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा.डा. सावित्री मल्ल कक्षपती, डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो ।
पुरस्कृत कविहरूलाई छिट्टै एउटा कार्यक्रमको आयोजना गरि पुरस्कार समर्पण गरिने आयोजक समितिले जनाएको छ ।
अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




