
टोकियो/जापान । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ जापानको गठन भएको छ । जापानमा रही विविध व्यवसायहरुमा क्रियाशील नेपाली युवाहरुको तदारुकतामा सुजन जोशीको अध्यक्षतामा यहि अक्टोबर २ तारिखबाट औपचारिकरुपमा संस्थाको गठन गरिएको हो ।
युवा तथा नयाँ उद्यमीहरुलाई प्रोत्साहित गरि सबैलाई एकत्रित गर्दै लाने ,ब्यवसाय शुरुवात गर्न प्रेरित गर्दै उद्यमीहरुलाई पूर्ण क्षमता हासिल गर्न मद्धत गर्ने ,उद्यमीहरु बिच निरन्तर सम्पर्कको विकास गरी अनुभव र जानकारी आदान – प्रदान गर्ने,दक्ष व्यक्तिहरुलाई आमन्त्रित गरि विभिन्न गोष्ठी , प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमको आयोजना गरी व्यवासायिक दक्षताको विकास गर्ने,सिर्जनात्मक तथा नयाँ व्यवसायको सम्भावना र चुनौतिका बारेमा छलफल गरी सदस्यहरुको आवश्यकतालाई सम्बोधन र समाधान गर्ने,उद्यमीहरु बिच आपसी सहकार्य बढाउदै लाने ,नेपाली युवा उद्यमीहरुलाई नेपालमा लगानी गर्न आकर्षित गर्दै लगानीका क्षेत्रहरु पहिचान गर्न सहयोग गर्ने जस्ता उदेश्यहरु सहित संस्थाको गठन गरिएको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
महासंघको कार्यसमिति यसप्रकार गठन गरिएको छ ।

नेपालन्युजपोस्टसंग कुरा गर्दै अध्यक्ष जोशीले भने – “हामीले , क़ेही सिक्दै, क़ेही सिकाउदै अघि बढ़ने उद्देश्य लिएका छौँ,विविध क्षेत्रमा छरिएर रहनु नेपाली उद्यमीहरुको अनेकौ इच्छा तथा आकांक्षाहरुलाई एकीकृत गरी सहयोग र सहकार्य गर्दै अघि बढ्ने हाम्रो प्रयास हो”
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका, अष्ट्रेलिया तथा चाईनामा गठन भईसकेका छन् भने अन्य देशहरु र अन्तराष्ट्रिय समिति (IEC) को घोषणा पनि छिटै हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- टिकटकदेखि युट्युबसम्म छायो ‘आमा तिम्रो दुःख’, विशाल क्षेत्रीको सिर्जनाको बढ्दो चर्चा(भिडियो सहित)
- नेपाली विद्यार्थीको रोजाइमा जापान, तर सपना देख्नुअघि बदलिँदो जापान पनि बुझ्न जरुरी !
- रामकृष्ण बम मल्लको “तिन बहिनी” सार्वजनिक, पारिवारिक सम्बन्धको मिठास बोकेको नयाँ तीज गीत (भिडियो सहित)
- एनआरएनए यूरोप सम्मेलन डब्लिनमा हुँदै, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथि
- नेपाली चलचित्र ‘काँडेतार’ जापानका विभिन्न सहरमा प्रदर्शन हुँदै, निर्मात्री अन्जु केसी पनि जापान आउने
- निउरे समाज जापानको प्रथम अधिवेशन सम्पन्न, खिमानन्द निउरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन
- जापानमा ‘चिरियु फुटसल मिनी एसियाली प्रतियोगिता’ हुँदै, नेपालसहित ९ देशका टोली सहभागी हुने
- जापानमा स्थायी बसोबासका लागि आय, पेन्सन र जापानी भाषा मापदण्ड कडा बनाइने प्रस्ताव
- प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान
- टोकियोमा प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा रास्वपा सांसदहरूसँग अन्तरक्रिया, कान्तो क्षेत्रीय समिति गठन



