अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मार्च १०- १२ मा पाँचौँ च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो।

कार्यक्रमका लागि होलिडे-इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ ।तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ । प्रथम च्याप्टर सम्मेलन २०१६मा क्यालिफोर्नियामा आयोजना गरिएको थियो भने न्यूयोर्कमा महिला सम्मेलन गरिएको थियो । यसपटक दुईवटा सम्मेलन एकैपटक गर्न लागिएको हो ।सहभागिताको लागि च्याप्टरहरूलाई पत्राचार गरिसकिएको अनेसास महासचिव विमला निरौलाले बताइन् ।

च्याप्टर सम्मेलनको लागि अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको संयोजकत्वमा समिति गठन भइसकेको छ । महिला सम्मेलनको लागि महिला समिति संयोजक अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले संयोजन गरिरहेको आयोजकले बताएका छन् ।कार्यक्रमका च्याप्टरका गतिविधिहरू र महिला साहित्यकारका बारेमा कार्यपत्र प्रस्तुत र विश्वकाव्य गोष्ठी गरिने छ ।

सिता पाण्डेद्वारा अध्यक्षको दावेदारीः

अमेरिकाको वासिन्टन निवासी साहित्यकार सिता पाण्डेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएकि छिन्।संस्थापन पक्ष होमनाथ सुवेदीहरूसंग विगत लामो समय विभिन्न पदमा रहेर कुशलता पूर्वक आफ्नो जिम्मेवारी सम्हालेकी सिता पाण्डेको दर्जनौ पुस्तक कथा कविता र गजल मुक्तकहरू प्रकाशित भै सकेका छन्।

यसैगरि, जापानमा लामो समय देखि साहित्यमा सक्रिय रहेर कलम चलाउँदै आएकी गृष्मा पौड्यालले पनि यसपाली स्वतन्त्र रहेर महिला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । संसार भरका साहित्यकारहरूलाई साहित्यमा रहेर सेवा गर्ने उनको धोको जापान वासि आफ्ना साथीभाइ र देश विदेशमा रहेका साहित्य अनुरागी महानुभावहरूमा ततष्ठ रही आफ्नो स्व-विवेक र संस्थामा रहेको सकृयता हेरी महिला सदस्यमा आफूलाई भोट हाल्न अनुरोध गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार