ओकिनवा/जापान। गत महिना ओकिनावा प्रिफेक्चरको इशिगाकी सहरस्थित एउटा खेतबाट टिप्ने बेला हुनै लागेको करिब २.५ टन फर्सी चोरी भएको छ। जसको अनुमानित क्षति ११ लाख २० हजार येनभन्दा बढी पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, इशिगाकी सहरको शिनाकावा भन्ने स्थानमा रहेको करिब ३ हजार वर्गमिटर क्षेत्रफलको खेतमा गत १५ मे दिउँसो फर्सि टिप्न(बजारमा लैजाने तयारीका लागि संकलन गर्न) गएकी एक महिलाले खेतको सबै फर्सी हराएको देखेपछि प्रहरीलाई जानकारी दिएकी थिइन्।

फर्सीहरू काटिएको फर्सीको डाँठ स्पष्ट देखिन्थ्यो। फर्सि रोपिएको खेतमा पुगेकी महिलाका अनुसार, ३ मे मा खेतमा सबै फर्सीहरू ठिकठाक थिए। त्यसैले प्रहरीको आशंका छ कि चोरी ३ देखि १५ मे को बीचमा चोरी भएको हुनसक्छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार