टोकियो,जापान। विश्वभर छरिएका स्याङ्जालीहरूलाई एकताबद्ध गर्दै सामाजिक कार्यमा जुट्न र नयाँ नेतृत्व चयन गर्नका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले महत्त्वपूर्ण भेलाको आयोजना गर्ने भएको छ। संस्थाको छैठौं विश्व सम्मेलन तथा नवौं अधिवेशन आगामी २०८२ साल असोज ३० र कार्तिक १ गते (अक्टोबर १७ र १८, २०२५) स्याङ्जाको पुतलीबजार स्थित प्रगतिनगर ब्लुपल ईभेन्ट्सको सभाहलमा हुँदैछ।
“समृद्ध स्याङ्जाका लागि विश्व अभियान” भन्ने मूल नारालाई लिएर कार्यक्रमको आयोजना गरिएको अध्यक्ष वीरेन्द्र केसीले बताउनुभयो।
संस्थाको अधिवेशन प्रत्येक २-२ वर्षमा हुँदै आइरहेको छ। विश्वभरका स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनीहरू सामाजिक कार्यका लागि एक ठाउँमा भेला भई आपसी छलफल र समन्वय गर्ने गर्दछन्। भेलाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ, जसले समुदायको हितका लागि विभिन्न कार्यक्रम र पहलहरू अगाडि बढाउने उपाध्यक्ष मुक्ति सुवेदीले जानकारी गराउनुभयो।
मातृभूमिको उन्नतिमा योगदान होस् भन्ने हेतुले संस्था स्थापना गरिएको यो एक विशुद्ध सामाजिक संस्था हो जसले स्थापनाकाल देखि नै विभिन्न प्रकोप तथा अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




