दक्षिण कोरिया । केहि दिन अघि रबी लामिछानेसंग सम्मबन्धित एक लेखका कारण सामाजिक सञ्जाल तथा अनलाईन मिडियामा आलोचित बन्न पुगेका युवा एल बि श्रेष्ठले त्यस लेख प्रति क्षमा याचना गरेका छन् । उनले लेखेका छन् कि,
(राष्ट्रप्रेमी पत्रकार रबी लामिछाने सम्बन्धी लेख प्रति क्षमायाचना) म सदैब सकारात्मक सोच राख्ने, परोपकारी भावना बोकेर र सत्मार्गमा लागेर सकेको बेलामा सकेको सामाजिक रचनात्मक काम गर्दै आएको कोरियाबासी नेपाली समुदायमा सर्वबिदितै छ।
म सिधा मान्छे तर खरो स्वभावको रहेको हुँदा मनमा केही पाप नभएकोले मनमा लागेको कुरा छिट्टै प्रतिक्रिया दिइहाल्थे अथवा लेखिहाल्थे। त्यसैले पनि होला राम्रो सोचेर लेख्दा पनि शब्द छनौटमा ध्यान नदिदा यो पटक आफू नराम्रो संग चुक्नु पुगे।
तर म मेरो अन्तरआत्मा देखि नै पुनः बिश्वस्थ पार्न चाहन्छु मेरो आशय गलत र अरुलाइ दोष दिने र आरोप लगाउने थिदै थिएन।
अशल ब्यक्तिहरुको काममा हरपल आफुले गर्न सक्ने साथ सहयोग र भुमिका निर्वाह गरिरहेको हुन्छु।
त्यसैले राष्ट्रप्रेमी पत्रकार रबि लामिछाने जस्ता महान सोच बोकेको ब्यक्तीको साथ र समर्थनमा सदैब छु र रहनेछु।
मैले उहाँहरु जस्तो ब्यक्तीहरु बाट प्रेरणा पाएर नै अझ उहाँहरुलाइ थप हौसला दिनको लागि हामी युवाहरु पनि सबै तयार हुनुपर्छ र अघि बढ्नुपर्छ भन्ने सोच राखेर एउटा लेख लेखेको थिए।
(भिडियो)
लेखको आशय कति पनि रबि लामिछाने र उहाँका समर्थकहरु कसै प्रती एक रति पनि नराम्रो सोचेर खराब मनासयले तयार पारेको थिएन।समय सान्दर्भिक बिषयमा समालोचक तवरले सहि सकारात्मक उर्जा सबैलाइ जावस भन्ने उदेश्य थियो।
तर मेरो कमजोरी भनौ वा त्रुटि मैले केही ठाँउमा सहि शब्द प्रयोग गर्न नसक्दा धेरैको आलोचना सहन बाध्य भएको छु ।त्यस लेखको एउता लेखक र सर्जक भएको हुँदा मैले सकारात्मक नकारात्मक टीका टिप्पणीको भागिदार हुन स्वभाबिक हो।मैले आत्मलोचना पनि गरिसकेको छु।आफ्नो फेशबुक स्टाटस मार्फत माफी पनि मागिसकेको छु।तर कुनै मिडियाको आफ्नो भ्युअर्स बढाउन अझ यसलाई गलत ढंगबाट प्रस्तुत गरिरहदा दु:ख लागिरहेको छ।म पनि बिदेशी भुमिमा दु:ख पसिना बगाउदै आफ्नो बचेको समय सामाजिक हितको कार्यमा लाग्दै आइरहेको छु ।
काम गर्दै जादा गल्ती कमजोरी हरेकको हुन सक्दछ।गल्ती अक्सर मानिस बाट नै हुने हो।म बाट केहि गल्ती भएको महशुस गरिसकेको छु।अब आउँदा दिनमा यहाँहरु सबैको सल्लाह सुझाब र मार्ग निर्देशनलाइ आत्मासात गर्दै पनि अघि बढ्नेछु।यस्तो गल्ती दोहोर्याउने छैन।फेरि पनि यहाँहरु सबैको मन दुखाएको र बिबाद सिर्जना गरेकोमा क्षमा याचना चाहन्छु।दुई हात जोडेर सबै संग माफी पनि माग्दछु।मुकुन्द घिमिरे भन्ने ब्यक्तिले रबि लामिछाने प्रती लगाएका आरोप प्रती मेरो पनि आपत्ती छ ।जुन हुँदै नभएको मनगढण्ते झुठो कुराहरु गरेर आलोचना गरिरहेको छ ।मलाई मुकुन्दे संग दाँजेर सामाजिक संजाल भरि गाली गलौज सहित पोष्ट गरेको पाएको छु।नियतमा नै खोट भएका मुकुन्दे संग दाँजेर मलाई पनि नउडाईदिन हुन पनि स-बिनम्र अनुरोध गर्दछु।चर्चित ब्यक्तिलाइ गलत आरोप लगाएर आफू चर्चामा छाइरहने मुकुन्देको जस्तो निच सोच मेरो कदापी छैन।
म एक आम सर्वसाधारण नागरिक हुँ।म आफ्नो पौरखमा रमाउछु मेरो त्यति ठुलो महत्वाकांक्षा पनि छैन।सके राम्रै काम गर्न तर्फ अभिप्रेरित हुन्छु भुलेर पनि गलत काम गर्ने छैन तर यो विवादले झन् मलाई धेरै सतर्कता हुन सिकायो।
हरेक पाइलामा सजग भएर लाग्नु पर्दो रहेछ भन्ने कुरा झस्कायो। सबैको गालीलाई पनि माया र आशिर्वादको रूपमा लिनेछु।
मनन गर्नेछु।मेरो लेखमा रबि लामिछाने जस्तो महान नेपाल आमाका सपूत रबि लामिछाने प्रति चोट पर्न गएकोमा उहाँ संग पनि ब्यक्तिगत रूपमा समय मिलाएर फोन नै गरेर माफी माग्नेछु।सबैले मेरो भावनालाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा लिएको छु।र मेरो कमजोरीलाई क्षमा गरि सच्चिने मौका दिनु हुन्छ भन्ने कुरामा पनि बिश्वष्ट छु।
सकारात्मक रूपमा युवा जोश र जागर बोकेर सकृय आफुले सकेको भुमिका समाजमा निर्वाह गर्नेछु।धन्यबाद!
एल. बि .श्रेष्ठ ( दक्षिण कोरिया)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




