सन् २०१७ नेपाली पर्यटनको लागि सुखद वर्ष रहन गयो। पुगनपुग १० लाख विदेशी पर्यटक ले नेपाल भ्रमण गरेको तथ्यांक बाहिर आइसकेको छ भने आउँदो वर्ष हरुमा अझै पर्यटकहरुको आगमन हुने अनुमान गर्न सकिन्छ। नेपाल पर्यटन बोर्डको २०१६/२०२५ रणनीति अनुसार २०२५ सम्ममा नेपालमा २५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ।
केही महिना पहिला मेरा केही जापानीज मित्रहरु नेपाल घुम्नगएको समयमा ठमेलको पनि भ्रमण मा गएका थिए। ठमेल जानुको उहाँहरुको प्रमुख उद्देश्य जापानमा रहेका आफ्ना परिवारको लागि उपहार खरिद गर्नु थियो। तर उहाँहरु जापान फर्के पछि, ठमेलको अनुभव सुनेर मलाई निकै दुःखलाग्यो। ठमेलमा त सबै चाइनिज नक्कली समानहरु तथा रेष्टुरेन्ट मा पनि स्थानीय खाना नभएर सबै भारतीय तथा चाइनिज खानाको वर्चस्व रहेछ भन्ने उहाँहरुको गुनासो रह्यो। म पनि केही दिन मात्र पहिला अनुसन्धानको लागि ३ हप्ता जति काठमाडौं माबस्ने अवसर मिल्यो र ठमेलको बारेमा मेरो अनुभव पनि जापानिज साथीहरुको जस्तो नै रह्यो।
ठमेल नेपालको पर्यटन को पर्यावाची
नेपालमा आउने पर्यटकहरु एक पटक अवस्य पनि ठमेल जाने गर्दछन्। अनि उनीहरु आफ्ना साथी भाइ तथा आफन्तलाई लगिने उपहार पनि ठमेल बाट नै किन्ने गर्दछन। जहाँ नेपाली चिया, कफी ,पश्मिना, थाङ्का तथा अन्य हस्तकला का सामग्रीहरु पर्यटकको बिचमा प्रशिद्ध छन्। तर आज भोलि ठमेलको वास्तविकता फेरिंदैछ, पहिला केही मात्रामा भारतीयहरुको उपस्थिति रहेको ठाउँमा अहिले आएर चिनियाँहरुको बाहुल्यता बढिरहेको छ र नेपाली भन्दा चाइनिज समानको दबदबा बढीछ।
राजनीतिक विषयमा प्रवेश गर्न चाहान्न
किन कि यहाँ भारत र चीनका आफ्ना आफ्ना राजनीतिक स्वार्थ होला तर यो स्तिथि रही रहने हो भने ठमेल निकट भविष्यमा नै चाइनाटाउनको रूपमा विकाश भएर जानेछ। जसले हाम्रो पर्यटन को धरोहर ठमेलको अस्तित्व मात्र सकाउने छैन यसको असर नेपालीहस्तकला का उद्योग तथा नेपाली मौलिकता मा पर्नेछ, यो भन्दा पनि अगाडि जसको असर नेपालको समग्र पर्यटन व्यवसायमा नै पर्ने छ।
कुनै पनि ठाउँको पर्यटन विकासको लागि त्यो ठाउँको स्थानीय संस्कृति भेषभुषा, स्थानीय खाना ,स्थानीय उत्पादन को प्रमुख भूमिका हुन्छ। जुन कुरा अहिले ठमेलमा नष्ट हुँदै गइरहेको छ। यो बचाउने जिम्मेवारी तपाईं हामीहरुको नै हो। यो भन्दा पनि बढी समन्धित निकायले पनि बेलैमा ध्यान दिनु जरुरी छ। देशमा विदेशी लगानी भित्र्याउने भन्दैमा जुन पायो त्यो क्षेत्र र ठाउँमा लगानी गर्न दिनु कदापि उचित हुँदैन। हरेक कुराको मापदण्ड बनाएर बेलामा नै नियमन गरिएन भने कुनै दिन ठमेल एका देशको कथा हुनेछ।
केही समय यता ठमेलका नेपाली व्यवसायीहरु निकै नै निरासमा छन् कुन समयमा आफ्नो व्यवसायबाट हात धुनुपर्ने हो उनीहरुलाई थाहा छैन। उनीहरुको त्रास जायज पनि छ, ठमेलमा घर भाडा निकै बढेको छ र करार सकिए पछि घरधनी ले करार नवीकरण गर्न मानछकी मान्दैन यो नै सबै भन्दा ठूलो चिन्ताको विषय रहेको छ। यस को प्रमुख कारण चिनियाँ व्यवसायीहरु हुन, जसले नेपालीले भन्दा दोब्बर बढी भाडा दिएर करार गरीरहेका छन्। यसरी ठमेलमा चिनियाँ व्यवसायीहरु भित्राउन मा निकै ठूलो समूहसक्रिय छ भन्दा अन्यथा नहोला। अझ आजभोलि ठमेलमा चिनियाँ व्यवसायीहरु सँग जोडिएर आएका सुनतस्करी का घटना ले पनि यो संकालाई पुष्टि गर्दछन ।
यस्ता समस्याहरु ठमेलबाट सुरु भएता पनि निकट भविष्यमा नै पोखरा, चितवन, नगरकोट लगायत देशका अन्य पर्यटकीय स्थानहरुमा पनि फैलने खतरा बढ्दैगइ रहेको छ। समस्या निराकरणको लागि समयमा नै स्थानीय निकाय, स्थानीय पर्यटन विकास समितिहरू, पर्यटन बोर्ड र सरकारको आँखा जाच्नु जरुरी देखिन्छ। किनकि पर्यटकको संख्या बढाउनु मात्र ठूलो कुरा होइन कि पर्यटकीय गन्तव्यको संरक्षण र सुधार गर्नु पनि जरुरी हुन्छ।
जसको लागि गन्तव्य ब्याबस्थापनको महत्व नेपालमा दिनानुदिन बढ्दै गईरहेको छ। समस्या निराकरण गरी देशमा पर्यटन को प्रवर्द्धन गर्न र स्थानीय मौलिक संस्कृतिको रक्षा गर्न निजी क्षेत्र, सरकारी पक्षर आमनागरिकको भूमिका दिनानुदिन बढ्दै गइरहेको छ।
के गर्न सकिन्छ त ?
म जापान मा बस्ने र यहाँ अध्ययन गरिरहेको ले जापान को प्रशिद्ध पर्यटकीय गन्तव्य खावागुचीको (खावागुचीलेक) को बारेमा जान कारी उल्लेख गर्न चाहे। खावागुचीको (खावागुचीलेक) क्षेत्रमा त्याको स्थानीय पर्यटन विकास समितिले गन्तव्य व्यवस्थापन का केही मापदण्ड बनाएको छ जुन एकदम कडा रूपमा पालन गरिएको हुन्छ।
त्यस क्षेत्रमा व्यवसाय गर्न को लागि सर्वप्रथम त स्थानीय नागरिक हुनुपर्दछ, जसको शुल्क एकदम न्यून तम हुन्छ र उनीहरू प्रायःगरेर स्थानीय उत्पादनमा आधारित व्यवसाय गर्ने गर्दछन। यदि अन्य क्षेत्रका जापानिज नागरिक ले त्यो क्षेत्रमा व्यवसाय गर्न चाहे भने उनीहरु ले स्थानीय नागरिकले भन्दा महंगो शुल्क पर्यटन विकाश समितिलाई बुझाउनु पर्ने हुन्छ। तर महंगो शुल्क बुजयता पनि उनीहरू ले समिति ले तोकेको मापदण्ड अनुसारको व्यवसाय र सेवा मात्र दिन सक्छन। अर्को तर्फ यदि राष्ट्रीयस्तरका जापानिज कम्पनीहरु त्यहाँ जान चाहे भने उनीहरु ले तिर्नु पर्ने शुल्क पनि निकै नै महंगो हुन्छ र दिने सेवा वा व्यवसाय पनि समितिले तोके को मापदण्ड अनुसारको हुन्छ ,जुन स्थानीय मौलिकता मा आधारित हुनुपर्दछ। ।
यसको लस बैभन्दा राम्रो पक्ष भनेको नै यसरी उठेको शुल्क सम्पूर्णरूप मा नै स्थानीय पर्यटनको विकाश र प्रवर्दनमा खर्च हुन्छ भने स्थानीय संस्कृति र स्थानीय उत्पादनको संरक्षण गरी दिगो पर्यटन विकास मा टेवा पुर्याउँछ ।
अब नेपालमा पनि गन्तव्य ब्याबस्थापनको विषय मा सोच्नेबेला आएको छ। किन कि पर्यटकको संख्या जति बढे पनि त्यसले स्थानीय नागरिकको आर्थिक स्थितिमा सुधार ल्याउँदैन भने त्यसबाट दिगो पर्यटनको विकाश हुनसक्दैन। यदि अर्को भाषामा भन्ने हो भने नेपालको पर्यटन को समग्र विकाशको लागि सबै भन्दा पहिला, स्थानीयभाषा, भेषभुषा, संस्कृति रस्थानीय खानाहरुको संरक्षण गर्नुपर्दछ। जसले नेपाल घुम्न आउने पर्यटकहरुलाई नेपालको मौलिकता प्रदान गर्ने छ र उनीहरु नेपालको भर्मण बाट निराश हुने छैनन् ।
ठमेल लाई नेपाली मौलिकता युक्त्त सास्कृतिक , सेवामुलक र नेपाली उत्त्पदन मात्रकोब् रान्डको रुपमा बिकास गर्दै, अन्य बैदेसिक लागानिको लागी नयाँ ठाउको ब्यबस्थापन गर्नु पर्छ जस्तो देखिन्छ, बिदेशी पर्यटकले जुन रुपमा ठमेललाई चिन्दछ, त्यो अर्ज्ञानिक टेस्ट पाउन सकेन भने अन्तरास्ट्रीय बजारमा चिनिएको ठमेल ब्राण्ड दिगो रुपमा रहीरहन सक्दैन। त्यसैले बरु चाइनिज मझौला लागानिकर्ता को लागी हामी ले चाइना टाउन जस्ता ब्राण्डसँग सँगइ नयाँ भर्जिन एरियाको ब्यवस्था गरेर बिकल्प दिनसकिन्छ। जुन अहिले देखि एको ठमेलमा चाइनिज लगानिकर्ता को अब्यबस्थित एवं आक्राक्मक प्रबेश छ, यसलाई समय मै नियागमन , ब्यवस्था पन गर्न सकियन भने भविश्यमा बिभिन्न समस्या आउने कुरालाई नकार्न सकिदैन। यसरी देखियको ठमेल सिनारियो, नेपालको गन्तव्य ब्याबस्था पनमा सिक्नुपर्ने उदाहरण पनि हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




