काठमाडौँ ।एक दम्पतिले काठमाण्डूको केन्द्रभागमा रहेको कान्तिपथस्थित घर र त्यसले चर्चेको तीन रोपनीभन्दा बढी जग्गा एउटा आँखा अस्पताललाई दान दिएका छन्।
दान दिने दम्पति हुन- श्रीजंग शाह र रुद्रकुमारी शाह।
सरकारी मूल्याङ्कनमा २१ करोडभन्दा बढी मूल्य उक्त सम्पतिको बजार मूल्य त्यो भन्दा निकै बढी रहेको बताइन्छ।
श्रीजंग शाहले शनिबार पत्रकार सम्मेलन गर्दै तीन दशकअघि आफ्ना माता-पिताले दान दिएको नेपालगञ्जस्थित घर-जग्गामा रहेको फत्तेबाल आँखा अस्पताललाई उक्त घरजग्गाको हक हस्तान्तरण गरिदिएको जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार