दिनेश सिलवाल/ टोकियो । करेन्ट लागेर दूवै हात र एक खूट्टा गूमाएर पनि मृत्यु जितेर फर्किएका दाङका कृष्ण वलीको सहयोगार्थ युवा सहकार्य केन्द्र जापानले १लाख  लाख ६२ हजार जापानी येन संकलन गरेका छन् ।

वलीको शारीरिक अवस्थाले सायद जो कोहिलाई पनि भावुक बनाउँछ। जब उनको त्यो हृदयपरक  भिडियो इन्टरनेट मार्फत सार्वजनिक भयो , तब देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुले सहानुभूति प्रकट गर्दै सहयोगको घोषणा गर्न थाले, त्यहि क्रममा, आफूले सिकेको ज्ञान सिपलाई सदुपयोग गर्दै भबिष्यमा नेपाल र जापानमा व्यवसाय सन्चालन गर्ने र रोजगारिको अवसर शृजना गर्ने उद्देश्येले जापानको चर्चित कम्पनिमा काम गर्ने १० जना नेपाली युवाहरु मिलेर स्थापना गरेको सहकार्य केन्द्रले पनि, वलिको पिडालाई थोरै भएपनि मलम लगाउन सहयोगको याचना गर्दै नेतृत्व लिने घोषणा गरी, दिनेश सिलवाल र मदन चापागाईको नेतृत्वमा ५ दिन सम्म सहयोगी मनहरूसंग सहयोगको आह्वान गरेका थिए ।

५दिनसम्म संन्चालन गरेको यस सहयोग अभियानमा ४३ जना सहयोगी मनका धनीहरूबाट १लाख ६२ हजार १ सय २७  जापानी येन जम्मा गर्न सफल भएको  हो ।

यसरी छोटो अवधीमा,  केन्द्रले गरेको आह्वानमा हातेमालो गरी आफुले सकेको सहयोग गर्ने महानुभावहरुलाई संस्थाले विज्ञप्ति मार्फ़त   धन्यवाद  दिएको छ ।  साथै यस सहयोग अभियानमा उठेको सम्पुर्रण रक़म नेपाल पठाई सकेको र अब एक / दूई दिनमा पिडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेतृत्वकर्ता मदन चापागाईले जानकारी  दिनुभयो।

विज्ञप्ति

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार