सुशील सुवेदी,सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना सुरु गरेका छन् । सो गाउँपालिकाका ८ वटै वडाभित्र पर्ने सबै विद्यालयहरुमा आइतबारदेखि भर्ना अभियान सुरु गरिएको हो ।
दुई हप्ताअघि गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको अनलाइनबाटै १ कक्षा देखि ९ कक्षासम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए । नयाँ शैक्षिक सत्रका लागि सामाजिक सञ्जाल, फोन, म्यासेजबाट नयाँ भर्ना लिन सुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । ‘अहिले भर्ना भएका विद्यार्थीहरुलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घरघरमा पुगेर उनीहरुलाई किताब र पोशाक र्पुयाउनुपर्ने भएकाले भर्ना अभियान सुरु गरिएको हो,’ उहाँले भन्नुभयोे ।
यसअघि बसेको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको संक्रमणकालीन समयलाई मध्यनजर गरी सम्बधित वडाको वडा अध्यक्षसँग समन्वय गरी विद्यालयहरुले भर्ना अभियान सुरु गर्ने निर्णय भएको थियो ।
२०७७ को नयाँ शैक्षिक सत्रमा भर्ना गराउन अभिभावक वा सम्बन्धित विद्यार्थीले विद्यालय उपस्थित नभइ सामाजिक सञ्जाल, फोन, म्यासेजबाट भर्नाको लागि विवरण विद्यालयमा टिपाउन सक्ने अध्यक्ष लामाको भनाइ छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले एसईई दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन कक्षामार्फत पढाउने तयारी गरिरहेको छ । गाउँपालिकामा एसईई दिने २३० जना विद्यार्थीलाई अनलाइन कक्षा दिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको त्रासको कारण एसईई परीक्षा रोकिँदा विद्यार्थीहरु समस्यामा परेकाले अनलाइन कक्षाको तयारी थालिएको हो ।
त्यसका लागि प्रत्येक वडाका वडाअध्यक्षलाई एसईई दिने विद्यार्थीको अवस्था बुझ्न घरघर पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




