काठमाडौँ। नेपाल सहित बिभिन्न देशमा यूटुवको ट्रेन्डिङमा पर्न सफल चलचित्र कृ को ट्रेलर अत्याधिक रुचाइएको छ । यूटुलमा १० लाख भन्दा बढि दर्शक पाइसकेको कृ को ट्रेलर हिट भइसकेको छ । ट्रेलर हेरेरै अनमोललाइ नेपाली फिल्मको हिरा , किङ्ग अफ नेपाली फिल्म जस्ता उपनाम दिइरहेका छन् भने धेरैले अनमोलको लुक्स को प्रशंशा गरेका छन् । अनमोलको लुक्स र अभिनयको तारिफ संगै ट्रेलरलाइ मन पराउने दर्शकको संख्या धेरै छ ।यूटुवमा ट्रेलर हिट हुदा हुदै अनमोललाइ भने एउटा आरोप लागेको छ । यूटुवमा ट्रेलर हेर्ने दर्शकले अनमोलको लुक्स अभिनय मन परे पछि भ्वाइस नमिलेको अथवा भ्वाइसमा दम नभएको आरोप लगाएका छन् ।

लभ रोमान्समा मात्र देखिएका अनमोललाइ पहिलो पटक खतरनाक एक्सनमा देखिएको छ । तर भिडियोमा देखिए जस्तो एक्सनमा अनमोलको आवाज नमिलेको भन्ने आशयका कमेन्ट देख्न सकिन्छ । लामो समयको मेहनत पछि अनमोलले कृ लुक्स त तयार गरे के दर्शकले कमेन्टमा भने जस्तै अनमोलमा डाइलग डेलिभरमा कमजोर छन् त ? एक पटक फेरी ट्रेलर हेर्नुहोस् अनि कमेन्ट गर्नुहोस् है ।

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार