
काठमाडौँ । रसुवा जिल्ला लहरेपौवा वडा नं ३ निबासी लेखनाथ खनालले आफ्नो जिवन रक्षाको लागि सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु समक्ष अनुरोध गरेका छन् ।
खनालको दुबै मृगौला खराब भएकाले छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरहरुले बताएका छन् तर आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले तत्काल मृगौला प्रत्यारोपण गर्न सम्भब देखिएको छैन । उनका नाबालक छोरा, छोरी र श्रीमती छन् । परिवारको लालनपालनको जिम्मेवारी त छँदै छ त्यसमा पनि दुवै मृगौलाले काम नगर्ने भएपछि झनै मारमा परेका छन् यति बेला खनाल ।
हाल खनालको काठमाडौ टिचिङ अस्पतालमा उपचार भईरहेको छ । यद्यपी मृगौला प्रत्यारोपणको अर्को विकल्प नभएको र त्यसकालागि उनको आर्थिक अवस्था निकै कमजोर रहेकाले सहयोगको लागि याचना गरेका हुन् ।
सहयोगको अनुरोध लिएर नेपालन्युजपोस्ट समक्ष आईपुगेका बिरामीका भान्जा-बालचन्द्र भट्टका अनुसार, अहिले उनको सहयोगार्थ मातृभूमिका लागि युवा अभियानले सहयोग उठाउने अभियान पनि थालेको छ । तपाई हाम्रो सानो सहयोगले बिरामी खनालले नयाँ जीवन पाउन सक्नेछन् । जसले जहाँबाट जति सक्नुहुन्छ त्यति प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनु हुनेछ भन्ने आशा लिएका छौँ ।
सहयोगका लागि मातृभुमीका लागि युवा अभियानको हिमालयन बैंकको 04406854180011 मा रकम जम्मा गराउन सकिनेछ । नबिर्सौँ – सेवा नै धर्म हो !
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




