काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले १ सय ३८ रनको लक्ष्य पाएको छ ।
विनहोकस्थित अफिज मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिवियाले ३४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनायो ।
नामिवियाका लागि चौथो नम्वरमा ब्याटिङमा आएका क्रेग विलियम्सनले सर्वाधिक ४१ रन बनाए । ४५ बल खेलेका विलियम्सन सन्दिप लामिछानेको बलमा एलबि डब्लुको शिकार भए । जान फ्राइलिनिक र जाने ग्रीन समान २२ रनमा आउट भए । ओपनर स्टेफन बार्ड १८ रनमा पभेलियन फर्किए । जेजे स्मिथ १८ रनमा आउट भए । पहिलो ओभरमा नै लुइस भान डरवेस्थुजेनलाई १ रनमा पभेलियन फर्काएको सोमपाल कामीले पाँचौ ओभरमा नेपाललाई दोस्रो सफलता दिलाएको थियो । तेस्रो विकेटको लागि भने नेपालले १२ औं ओभर कुर्नुपरेको थियो । बसन्त रेग्मीले जेपी कोट्जेलाई ९ रनमा आउट गराए । १३ औं ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले राम्रो प्रदर्शन गरेका क्रेग विलियम्सनलाई आइबि डब्लुको शिकार बनाए । १६ औं ओभरमा कप्तान पारस खड्काले जेरार्ड इरासमसलाई आउट गरे । २६ औं ओभरमा नेपालले सातौ सफलता हात पारे । शरद भेषवाकरले जान फ्राइलिनिकलाई आउट गरेका थिए । ३२ औं ओभरमा सोमपालले जाने ग्रीन समान २२ रनमा पभेलियन फर्काए ।
सन्दिप लामिछानेले ८.२ ओभरमा २ मेडन राख्दै ३ विकेट लिएर मात्र १८ रन खर्चिए । सोमपाल कामीले ७ ओभरमा १ मेडन राख्दै ३ विकेट लिदै ३५ रन खर्चिए । यस्तै र रन खर्चिदा कप्तान पारस खड्काले पनि २ मेडन राख्दै १ विकेट लिए । बसन्त रेग्मी र शरद भेषवाकरले पनि समान १ विकेट हात पारे ।
नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




