जुरिच (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अर्जेन्टिनाले लज्जास्पद हार बेहोरेको छ ।
मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले स्पेनसँग ६–१ को लज्जास्पद हार बेहोरेको हो । अर्जेन्टिनालाई लज्जास्पद हार चखाउन स्पेनका इस्कोले ह्याट्रिक पूरा गरे । डिएगो कोष्टा, इगो आसपास र थियागो अलकान्ताराले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डिले एक गोल गरेका थिए ।
स्पेनले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ४ गोल थप्दै अर्जेन्टिनालाई लज्जास्पद हार चखायो । स्पेनले खेलको ११ औं मिनेटमा कोष्टाको गोलबाट अग्रता बनाएको थियो । २७ औं मिनेटमा इस्कोको गोलबाट स्पेनले अग्रता दोब्बर पारेको थियो ।३९ औं मिनेटमा अर्जेन्टिाका निकोलस ओटामेन्डीले गोल गर्दै गोल अन्तर २–१ म झारेका थिए । तर, दोस्रो हाफमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिना निरिह बन्न पुगेको थियो । ५२ औं मिनेटमा इस्कोले गोल गर्दा स्पेनको अग्रता ३–१ म पुग्यो । ५५ औं मिनेटमा अलकान्ताराले गोल गरे । ७३ औं मिनेटमा आसपासले गोल गर्दा स्पेनले ५–१ को आरामदायी अग्रता बनायो । ७४ औं मिनेटमा इस्कोले ह्याट्रिक पुरा गर्दा अर्जेन्टिनामाथि ६–१ को लज्जास्पद हार चखायो । चोटका कारण यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भने उपस्थित थिएनन् ।
यसैगरी इंग्ल्यान्ड र इटाली १(१ गोलमा रोकिए । इंग्ल्यान्डलाई पहिलो हाफमा जेमि भार्डीले अग्रता दिलाएका थिए तर खेलको अन्तिमतिर लोरेन्जो इन्सिन्याले गोल गर्दै टोलीलाई बराबरी दिलाए ।
त्यस्तै किलियन बाप्पेको दुई गोल र पल पोग्बाको सुन्दर फ्रिकिकमार्फत फ्रान्सले रुसलाई ३–१ ले हरायो । त्यस्तै अन्य खेलमा बेल्जियमले साउदी अरेबियालाई ४–० ले हरायो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे । केभिन डे ब्रुनीले एक तथा मिची ब्याटसुवायीले पनि एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




