मस्को । विश्व फुटबलको कुम्भ मेला फिफा विश्वकप सुरु हुन अब १ दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले विश्वकपका लागि अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गर्दै अभ्यास र मैत्रीपूर्ण खेलहरुमा व्यस्त रहेका छन् । विश्वकप अघिको अभ्यास खेलहरु सकिदा टिमहरु अन्तिम तयारीमा व्यस्त छन् ।
२१ औं संस्करणको विश्वकप भोलिदेखि शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबको सामना गर्नेछ । खेल नेपालीसमय अनुसार राति ८ः४५ बजेपछि शुरु हुनेछ ।
दावेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्वपूर्ण भुमिका हुने गर्दछ । स्पेनका गोलरक्षक डेबिड डे हेया पछिल्ला केहि सिजनदेखि उत्कृष्ट लयमा छन् । छनोट र क्लब सिजनमा उत्कृष्ट खेल पस्केका डेभिडबाट स्पेनी टोलीले धेरै आशाा गरेको छ ।
फ्रान्सका गोलरक्षक ह्युगो लोरिस पनि क्लब फुटबलमा राम्रो सिजन बिताएर आएका छन् । फ्रान्सेली टोलीका कप्तान समेत रहेका लोरिसका लागि यो राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुन सक्छ ।
जर्मनीका म्यानुएल नोएर यो सिजन चोटले बेञ्चमा थन्किनु परेपनि चोटबाट पुनरागमन गर्दै आफ्नो लय समाउने लक्ष्यमा छ । अब पुरानै लयलाई समातेर टोलीको नेतृत्व गर्नु उनलाई चुनौती हुनेछ ।
विश्वकपमा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । सहभागी सबै ३२ टोली विश्वकपको ट्रफी उचाल्ने अभियानमा रहनेछ । तर, एक टोलीले मात्र विश्वकपको उपाधि उचाल्नेछ । यसवर्ष साविकको विजेता जर्मनीसँगै ब्राजिल, अर्जेन्टिना, फ्रान्स र स्पेनलाई मुख्य दावेदार मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




