मस्को, एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले समूह ‘ए’ अन्र्तगतको आफ्नो पहिलो खेलमा इजिप्टमाथि संघर्षपूर्ण जित निकाल्दै विजयी शुरुवात गरेको छ ।
समूह ए को खेलमा उरुग्वेले इजिप्टमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । उरुग्वेको संघर्षपूर्ण जितमा डिफेन्डर जोसे गिमिनेजले खेल सकिन एक मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्यो ।
सलाहबिनाको इजिप्टमाथि उरुग्वेले बललाई आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । उसका लुइस स्वारेज र इडिन्सन काभानीको प्रहार इजिप्टका गोलरक्षकले विफल पारेका थिए । बराबरीतर्फ धकेलिएको खेलमा साञ्चेजले प्रहार गरेको फ्रिकिलाई गिमिनेजले हेडमार्फत गोल गर्दै उरुग्वेलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
जितसँगै समूहमा उरुग्वेले ३ अंक जोड्न सफल भएको छ । यो समूहमा आयोजक रसियाले उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो ।
विश्वकप अन्र्तगत अहिले समूह बी मा रहेको मोरक्को र इरानले केही बेरमा प्रतिस्पर्धा गर्र्दैछ । आज राति नै पोर्चुगल र स्पेनबीच खेल हुदैछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




