काजान, एजेन्सी) । रसिया विश्वकपमा लामो यात्रा तय गर्न जित्नैपर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो ।द९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि भिएआरको प्रयोगपछि गोल दिइएको थियो । दबाबमा परेको जर्मनीले गोल फर्काउन आक्रामक रणनीति अपनाउँदा काउन्टर एट्याकमा अर्को गोल खाएको थियो ।
समूह ‘एफ’को अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्विडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।
३ खेलपछि स्विडेन र मेक्सिको समान ६ अंक छ । गोलअन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ । जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ ।
दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै स्विडेनले मेक्सिको माथि जित दर्ता गरेको थियो । लोडविग अगस्टिन्सनले ५० औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए भने आन्द्रेस ग्रान्कभिस्टले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । एडसन अल्भारेजको आत्मघाती गोलमा स्विडेनको गोलअन्तर थ फराकिलो बनेको थियो ।
पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता दबाबमा परेको थियो । तर, पछिल्लो खेलको अन्तिम समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो । समूह चरणका अन्य खेलमा स्वीडेनले कोरियालाई १–० ले हराएको थियो भने मेक्सिकोले स्वीडनेलाई २–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




