मस्को (एजेन्सी) – आयोजक रसिया फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
रसियाले पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ ले पराजित गर्दै विश्वकपको अन्तिम आठमा पुग्न सफल भएको हो । नियमित ९० मिनेटमा स्पेन र रुसले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा घरेलु टोलीले बाजी मार्न सफल भयो ।
पेनाल्टी सुटआउटमा रसियाका फेडर स्मोलोभ, सर्जि इग्नासेभिच, एलेकसन्डर गोलोभिन र डेनिस चेरेसेभले गोल गरे ।
स्पेनका लागि आन्द्रेस इनिष्टा, जेरार्ड पिके र सर्जियो रामोसले मात्र गोल गर्न सफल भए । कोकी र इगो आसपासको प्रहार रसियाका गोलरक्षक इगन अकिनफेभले बचाए ।
त्यसअघि मार्को एसेन्सियोको फ्रिकिकमा रुसका सेर्जे इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलमा स्पेनले अग्रता लिएको थियो । तर, खेलको ४० औं मिनेटमा जेरार्ड पिकेको ह्यान्डबलमा रुसले पेनाल्टी जित्न सफल भएको हो । सो पेनाल्टीमा स्ट्राइकर आर्टिम जुबा चुकेनन् र आयोजकलाई खेलमा फर्काएका हुन् ।
स्पेन समूह ‘बी’ को विजेता र रुस समूह ‘ए’को उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेका हुन् । यस अघि फ्रान्स र उरुग्वे क्वाटरफाइनलमा छनोट भइसकेका भने पोर्चुगल र अर्जेन्टिना बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




