रोस्टोभ (एजेन्सी) – अन्तिम सेकेण्डमा गोल खान पुगेपछि जापान रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
रोस्टोभमा भएको खेलमा जापानले २–० को अग्रता बनाएर पनि अन्तिम सेकेण्डमा गोल खान पुग्दा बेल्जियमसँग ३–२ को अन्तरमा पराजित अुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको हो । ४८ औं मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा ताकासी इन्युले गोल गरेपछि जापानले बलियो बेल्जियमविरुद्ध २–० को अग्रता बनाएको थियो । लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो ।
पाँच मिनेटको फरकमा २ गोल गर्दै बेल्जियमाले खेललाई बराबरीमा ल्याएका थिए । ६९ औं मिनेटमा जान भेन्टोनगेनले तथा ७४ औं मिनेटमा मौराउने फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको हो । परिवर्तित खेलाडी फेलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका थिए ।
खेल सकिनै लाग्दा काउन्टर अट्याकमा गोलरक्षक थिवाउट कोर्टियसले रिलिज गरेको बललाई वान टु वान पासमा नासिर चाडीले गोल गरेपछि बेल्जियमले जित निकाल्न सफल हुदा ब्राजिल स्तब्ध बन्न पुग्यो । अब बेल्जियमले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार