काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू–१५ महिला टोली भुटानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा आज पाकिस्तानलाई ४–० लाई हराएसँगै अन्तिम चारको यात्रा तय गरेको छ । लगातार दोस्रो हार बेहोरेपछि पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पाकिस्तान पहिलो खेलमा बंगलादेशसँग १४–० ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच हुने खेलको नतिजाले समूह विजेता उपविजेताको टुंगो लगाउने छ ।

पहिलो हाफमा २–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा अर्को २ गोल थपेको थियो । अनुष्का शेर्पाले आठौं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता लिएको थियो । सविता राना मगरले १४ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारेकी थिइन् । दोस्रो हाफमा सविता र रजनी थोकरले गोल थपेका थिए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार