क्याटलान, एजेन्सी । कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ ।

ला लिगाको पहिलो खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसमाथि ३–० को प्रभावशाली जित निकालेको हो । बार्सिलोनाले खेलमा पकड बनाएपनि अग्रता बनाउन भने ६४ मिनेटसम्म संघर्ष गर्नुपर्यो । कप्तान मेसीले नयाँ सिजनको पहिलो गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण ढङ्गले गोलमा परिणत गरेका थिए ।

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रता दोब्बर पारे । उनले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए । मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३ अंक दिलाए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार