मड्रिड, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो ।

भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन ।

त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहति शीर्षीस्थानमा रहेको छ ।
यस्तै शनिबार राति नै भएको खेलमा एट्लेटिका मड्रिडे रायभालेकानोमाथि १–० को जित निकाल्यो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार