मड्रिड, ३ असोज । एजेन्सी) – कप्तान लिओनेल मेसीको ह्याट्रिक प्रेरित खेलमा बार्सिलोनाले पीएसभीमाथि सहज जित निकालेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिबाट शुरु भएको समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दा मेस्सीले ह्याट्रिक पुरा गरेको हो ।
खेलको ३१ औं मिनेटमा पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल गरेका थिए । यसै गोलको मद्दतले बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ७४औं मिनेटमा फ्रान्सेली युवा फरवार्ड डेम्बेलेले एकल प्रयासमा दर्शनीय गोल गरे । ७७औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै खेलमा बार्सिलोनाको जित पक्का गरे । त्यसको दुई मिनेटपछि नै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर स्यामुएल उम्टिटीले हिर्भीङ लोजानोलाई रोक्ने प्रयासमा दोस्रो पहेंलो कार्ड खाएपछि बार्सिलोनाले एक खेलाडी कम खेलेको थियो । तर, बार्सिलोनाको गोल गर्ने क्रम रोकिएकन । ८९ औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्ने क्रममा बार्सिलोनालाई ४–० को अग्रता दिलाए ।
समूहको अर्को खेलमा इन्टर मिलानले टोटेनहम हट्स्परलाई २–१ ले पराजित गर्यो । स्पर्सले खेलमा क्रिस्टियन एरिक्सनको गोलमा अग्रता लिएपनि इन्टरले अन्तिम समयमा पुनरागमन गर्यो । इन्टरका लागि कप्तान माउरो इकार्डी र माटिया भेचिनोले गोल गरे । दुवै विजयी टोलीको ३–३ अंक रहेपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




