काठमाडौं, ११ जेठ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सिजनको दोस्रो ठूलो क्लब लिग युरोपा लिग जितेको छ । जितसँगै युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
युनाइटेडले बुधबार राति भएको फाइनलमा डच टोली आयक्सलाई २–० ले हराउँदै युरोपा लिगको उपाधि जितेको हो । १८औं मिनेटमा माइकल फेलिनीको पासमा पाउल पोग्वाले युनाइटेडलाई अग्रता दिँदा दोस्रो हाफको तेस्रो मिनेटमा स्मलिङको पासमा एमखितार्यनले गोल गर्दै मिटलाई दुई शून्य गोलको जित सुनिश्चित गराए ।
युनाइटेडले प्रिमियर लिग छैटौं स्थानमा सकाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार