एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग २–१ ल्े पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे । पराजित टिमका लागि फिलिपे कौटिन्होले एक गोल फर्काए ।
बार्सिलोना खेलको चौथो मिनेटमा नै इरिक कावाकोको गोलबाट पछि परेको थियो । १४औं मिनेटमा रियल मड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गरेपछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो । मायोरलले इमान्युयल बोएटिङको पासलाई गोलमा परिणत गरेका थिए ।
२ गोलले पछि परेपछि बार्सिलोनाले घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ८५औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमार्फ गोल अन्तर घटाएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।
दोस्रो लेग १८ जनवरीमा हुदैछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




