एजेन्सी, ३ माघ । युभेन्टस इटालियन सुपरकप च्याम्पियन बनेको छ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको हो ।

साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त बन्यो । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका थिए ।

खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेन्टसका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो ।

यससँगै युभेन्टसले सर्वाधिक ८ पटक जितेको कीर्तिमान कायम गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार