बार्सिलोना र आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा

कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो ।

घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सीले दुई तथा फिलिपे कौटिन्होले एक गोल थपे ।
घरेलु मैदानमा बार्सिलोनाले सुरुदेखि नै आक्रमक खेल खेल्दा १६औं मिनेटमा मेस्सीले गोलले अग्रता बनाएको थियो । २०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

६१औं मिनेटमा फिलिपे कौटिन्होले जोर्डी अल्वाको पासमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी हुन सफल भयो ।

क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएपनि युभेन्टस युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २-१ ले पराजित भएको छ । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार



ताजा खबर