
क्यारेबियन प्रिमियर लिग सीपीएल टि-२० को ड्राफ्टबाट नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्।
प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।
यो सिजन सन्दिपलाई बार्बाडोसले ठुलो मूल्यमा टिममा लिएको छ। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्। नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार रुपैयाँमा बिक्रि भएका हुन्। सीपीएल ड्राफ्ट अन्तर्ग सन्दिप पाँचौ चरणमा चुनिएका हुन्। सीपीएल ड्राफ्टमा कुल ५३६ जना खेलाडीहरु रहेका छन्।
सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।
इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।
सन्दिपसंगै सीपीएल ड्राफ्टमा सोमपाल कामि, दिपेन्द्र ऐरी र रोहित पौडेल पनि रहेका छन् जसलाई हालसम्म कुनै टिमले लिएको छैन। सन्दिप बाहेक अन्य खेलाडी छनौट हुने सम्भावना भने कम मानिएको छ। ४ जना नेपाली खेलाडी सीपीएल ड्राफ्टमा परेको यो नै पहिलो पटक हो।सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु हालसम्म विदेशी लिग खेल्न छनौट भएका छैनन्।
सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।
४ जना खेलाडी सीपीएल टि-२० ड्राफ्टमा रहेका छन्
यो सिजन क्यारेबियन प्रिमियर लिग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा आयोजना हुने बताईएको छ।
बार्बाडोस ट्रिडेन्टस टिममा सन्दिपसंगै जेसन होल्डर, एलेक्स हेल्स, आसिफ अलि, वाहब रियाज, जोनाथन चार्ल्स, शाही होप, एशले नर्स जस्ता खेलाडीहरु रहेका छन्।
सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।
सन्दिप व्यक्तिगत भ्रमणको क्रममा अहिले अस्ट्रेलियामा रहेका छन्। आईपीएल खेलेपछि नेपाल फर्किएका सन्दिप १ हफ्ता बसाइँ पछि बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
गत वर्ष इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि छनौट भएपछि सन्दिप लगातार विदेशी लिग खेलीरहेका छन् यस क्रममा उनले बिग ब्यास, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग , टि-२० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




