दक्षिण कोरिया । विश्व तेक्वान्दो संघ को आयोजनामा कोरियामा भएको ‘वर्ल्ड पार्टनरसिप तेक्वान्दो प्रोग्राम’ सम्पन्न भएको छ ।
नेपाल, मलेसिया, थाइल्यान्ड इन्डिया मेक्सिको लगायतका विभिन्न मुलुकबाट करिब १ सय जना भन्दा बढी सिनियर तथा जुनियर खेलाडीहरु सहभागिता रहेको ११ दिने तालिम मा विभिन्न बिधाका प्रशिक्षक द्वारा तेक्वान्दो तालिम दिईएको थियो । विश्वका ख्याति प्राप्त तेक्वान्दो कोचहरुको प्रशिक्षण रहेको पार्टनरसिप ट्रेनिङ् यहि २४ तारिख सम्पन्न भएको हो ।
उक्त तालिममामा नेपालका खेलाडी अब्बास खान उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका छन् । खानसंगै नेपालबाट, जैन खातुन, गिप्सन नेपाल, जहिद उल्ला निलिमा मल्ल, रितिका शाही, प्रतिक पाठक, प्रिन्स सुनार र टोलि मुख्य प्रशिक्षक रोशन खान गरी नेपाल बाट ९ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
टोलि प्रशिक्षक रोशन खानले भने – ‘मेक्सिकोको जुनियर राष्ट्रिय टीमलाई पछि पार्दै, नेपाली खेलाडी अब्बास खानले उत्कृष्ट अवार्ड पाउनु नेपाल र नेपाली को लागि गौर को विषय हो ।’खानका अनुसार, तालिम अवधिभर सहभागी सम्पुर्ण नेपाली खेलाडीहरुले उत्कृष्ट खेल कौशल तथा खेलप्रतिको लगाव प्रस्तुत गरे ।
जापान गएपनि, गिप्सन नेपाल, नेपाली तेक्वान्दोमै सकृय
नेपाली टिमका सहभागी मध्ये गिप्सन नेपाल हाल, जापानको एभरेस्ट ईन्टरनेशनल अध्यायनरत छन् । अध्यायनका लागि मुलुकबाहिर रहेता पनि उनि नेपाली तेक्वान्दो खेलका लागि जापानबाट, कोरिया पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




