काठमाडौं, ८ असार । ओलम्पिक डेको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण खेल भएको छ ।
बिहीबार सातदोबोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको मैत्रीपूर्ण खेलमा एन्फाको टोलीले मञ्चको टोलीलाई ६–२ ले पराजित ग¥यो । एन्फाका लागि धिरेन्द्र प्रधान, सञ्जीव मिश्र, रबि महर्जन, गौरव थापा, लव खत्री र नानीराम थापामगरले एक–एक गोल गरे । मञ्चका लागि आयुस खड्का र आभास घिमिरेले एक–एक गोल फर्काए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापनाको अवसरमा एन्फा र मन्चबीच मैत्रीपूर्ण खेल भएको हो । ओलम्पिक डे विश्वभर एक हप्ते विविध कार्यक्रम गरी मनाउने प्रचलन रहँदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार