एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको छ । रियाल रियल सोसिडाडसँग तथा बार्सिलोना घरेलु एथ्लेटिको बिल्वाओसँग पराजित हुदै कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

सोसिडाडका एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले गोल गरे । रियालका मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरे । खेलको १२औं मिनेटमा रियालबाटै लोनमा सोसिडाड पुगेका मार्टिन ओडेगार्डले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । ४९औं एलेक्सान्डर इसाकको गोलले भिएआरको मान्यता पाएन । तर, ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर पारे । त्यसको दुई मिटेटपछि इसाकले नै गोल गरेपछि रियाल खेलमा ३–० ले पछि परेको थियो ।

५९औं मिनेटमा मार्सेलोले गोल गर्दै रियाललाई खेलमा फर्काउने संकेत दिए । ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि सोसिडाडले खेलमा ४–१ को अग्रता लिन सफल भयो । त्यसपछि रियालले ३ गोल गरेपनि हार टार्न सकेन । ७९औं मिनेटमा भिनिसियस जुनियरको गोलले भिएआरको मान्यता पाएन । ८१औं मिनेटमा रोड्रिगोले गोल गरे ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाचो फर्नान्डेजले गोल गरेपनि रियाल ४–३ ले पराजित हुदै कोपा डेल रेको क्वाटरफाइनलबाट बाहिरियो । इन्ज्युरी समयको थप गरिएको समयमा एन्डोनी गोरोसावेल दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिदा सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।
इन्ज्युरी समयमा इनाकी विलियम्सले गरेको गोल नै बिल्वाओको जितमा निर्णायक बन्यो । खेलभर नै घरेलु टोलीमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । बार्सिलोनाले स्पेनिस महारथी रियाल म्याड्रिडले रियाल सोसिडाडसँग बेहोरेको ४–३ को हारलाई जस्तै निरन्तरता दिए ।
खेलको पाँचौ मिनेटमा कप्तन लियोनेल मेस्सीले गोलको अवसर खेर फालेको थियो । १०औं मिनेटमा इनिगो मार्टिनेजले गोल गरेपनि उनि अफसाइड ठहरिए । ७१औं मिनेटमा सर्जी रोवर्टाेको प्रहारलाई बिल्वाओका गोलरक्षक युनाई सिमोनले बचाए । ८८औं मिनेटमा मेस्सीले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ १–० ले विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो । अब बिल्वाओले सेमिफाइनलमा ग्रानडा, रियाल सोसिडाड थाव मिरान्डेसमध्ये एकसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




