एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखल सानदरा जित निकाल्दा स्पेनिस क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बायर्नले चेल्सीलाई उसकै मैद्यानमा ३–० को हार चखाउदा बार्सिलोना नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे ।

लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो । सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो ।
७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे । उनले अल्फोन्सोे डेभिसको पासमा गोल गर्न सफल भएका थिए । ३ गोल खाइसकेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का बेहो¥यो । रोवर्टाे लेवान्डोस्कीमाथि खराव ट्याकल गरेपछि मार्काेस अलन्सो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमा ३–० ले निरिह बन्न पुग्यो ।
महत्वपुर्ण अवे जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरी या २–० को हारले पनि बायर्न क्वाटरफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई क्वाटरफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ ।
दोस्रो लेग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ ।

दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा नेपोलीको मैदानमा १–१ को बराबरीमा रोकिएको छ । नेपोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो ।
मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन् । बार्सिलोनाले खेलको ५७ औं मिनेटमा स्कोर बराबरीमा ल्यायो । नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले पहिलो टचमा नै गोल गरेका थिए ।
८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो । मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए । फाबियन रुइजलाई फल गर्ने बितिक्कै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई २ पहेंलो कार्ड दिएका थिए ।
खेलको दोस्रो लेग १९ मार्चमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




