एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति दोस्रो लेगमा घरेलु मैदानमा स्पेनिस प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३–२ ले पराजत हुदै साविक विजेता प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । लिभरपुल समग्रमा ४–२ ले पराजित भएको हो । लिभरपुलले पहिलो लेग १–० ले गुमाएको थियो । लिभरपुललाई नकआउट गर्न मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले गोल गरे । लिभरपुलका जर्जिन्हो विज्नल्डम र रोवर्टाे फिर्मिनोले गोल गरेपनि हार टार्न सकेन ।

तिस्पर्धात्मक खेलको ४३औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको पासमा विज्नल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउदा खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा लिभरपुलका रोवर्टाे फिर्मिन्होले गोल गरेपनि त्यसपछि घरेलु मैदानमा लिभरपुल निरिह बन्दा एट्लेटिकोले तीन गोल गर्दै लिभरपुललाई स्तब्ध बनायो । लिभरपुलका दोस्रो रोजाइका गोलरक्षक एड्रियनको खेल निकै नै फितलो रह्यो ।

९४औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलाई खेलमा अग्रता दिलाएको थियो । ९७औं मिनेटमा मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । अतिरिक्त समयको पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अघिल्लो चरण पुग्ने यात्राको सम्भावना सकिदा एट्लेटिकोले खेललाई २–२ गोलको बराबरीमा ल्याउदा समग्रमा ३–२ को अग्रता लिन सफल भएको थियो । अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा ३–२ को लज्जास्पद हार चखायो ।
ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बन्दा पपीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पीएसजी पहिलो लेगमा २–१ ले पछि परेको थियो ।
बुधबार राति पार्क डि प्रिन्सेस रंगशालामा दर्शकविना खेलिएको खेलमा पीएसजीको जितमा जुवान बर्नाटले अर्काे एक गोल थपेका थिए । खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाको क्रसमा नेयमारले सिक्स यार्ड बक्समा डाइभिङ हेडिङ गोल गर्दा डर्टमन्डका गोलरक्षक रोमन बुर्कीले रोक्ने कुनै अवसर नै पाएन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले पाब्लो सारावियाको पासलाई सदुपयोग गरेका थिए ।
२–० ले पछि परेपछि डर्टमन्डले दोस्रो हाफमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका केही प्रयासलाई पीएसजीका गोलरक्षक केलर नाभासले विफल पारेका थिए ।
इन्ज्युरी समयतिर खेल तनावपुर्ण बन्न पुगेको थियो । ८९औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो । नेयमारलाई अनावश्यक फउल गरेपछि रेफ्री टेलरले इम्री क्यानलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि पीएसजीका नेयमार मार्कुन्योस, एन्जल डि मारिया र केलियन एमबाप्पेले पहेँलो कार्ड दर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




