काठमाडौं, ३ साउन । आइसीसी एसिया यू–१९ विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा मलेसियाले दिएको ५८ रनको झिनो लक्ष्य नेपालले ९.५ ओभरमा ५ विकेट गुमार पुरा ग¥यो । नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए । आदिल खान पनि ५ रनमै आउट भए । आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे । उनले २० बलमा ५ चौकाको मदतमा २३ रन बनाए । भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी भने फेरि सस्तैमा आउट भए । उनले मात्र ४ रन जोडे । अनिल साह शून्यमै आउट भए । प्रनित थापामगर अविजित १९ र रोहित कुमार ४ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ५८ रनमा अलआउट गरेको थियो । निकै खराव शुरुवात गरेको सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए । त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३.५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । त्यसपछि पनि मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटरका लागि हाष्कल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो । मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए ।
पवन सरार्फले ३ विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा १(१ विकेट रहृयो ।
अब नेपालले भर्खरै टेष्ट मान्यता पाएको अफगानिस्तानसँग बिहिबार खेलनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




