एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति लिस्बनमा भएको खेलमा बार्सिलोनाले बायर्नसँग ८–२ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
बायर्नको सानदार जितमा थोमस मुलर र फिलिपे कौटिन्होले समान २–२ गोल गरे । जोसुवा किम्मिच, सर्जी जिनाब्री, रोवर्ट लेवान्डोस्की, र इभान पेरिसिचले समान १–१ गोल थपे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा अर्को गोल डेविड अलाबाको आत्मघाती गोल थियो ।

खेलको तेस्रो मिनेटमा नै बायर्नले लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । तर, बायर्नको उक्त अग्रता ३ मिनेट पनि टिकेन । छैटौं मिनेटमा जोर्डी अल्बाले गरेको क्रसलाई क्लियर गर्ने क्रममा डेविड अलाबाको क्लियरेन्स आफ्नै पोस्टमा छिर्न पुग्यो । २०औं मिनेटमा लियोनेल मेस्सीले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक नोएरले सहजै बचाए ।
लगत्तै बायर्नले इभान पेरिसिचको गोलबाट खेलमा २–१ को अग्रता बनायो । २७औं मिनेटमा सर्जी जिनाब्रीको गोलबाट बायर्नले ३–१ को अग्रता लियो । ३१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बायर्नले पहिलो हाफमै ४–१ को आरामदायी अग्रता बनायो । ५७औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत गरे ।
६३औं मिनेटमा बायर्नले किम्मिचले गोल गरेपछि बायर्न ५–२ ले अघि बढ्दा बार्सिलोनाको सम्भावना सकिएको थियो । ८२औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६–२ ले अघि बढाए ।
८५औं मिनेटमा फिलिपे कोउटिन्होले आफ्नै प्यारेन्ट क्लबविरुद्ध गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ८–२ को सानदार जित दिलाए । कौटिन्हो अघिल्लो सिजन बार्सिलोनाबाट लोनमा बायर्न पुगेका थिए ।
बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




