एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ ।
स्वीडेनस्थित फ्रेन्ड्स एरिना सोल्नमा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २–० को सहज जित दर्ता गरेको हो । रोनाल्डोले खेलको दुवै हाफमा १–१ गोल गरेका थिए । रोनाल्डोले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । रोनाल्डोले झन्डै २५ यार्ड टाढा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै पोर्चुगलको जर्सीमा १ सयौं गोल पूरा गरे ।
अघिल्लो खेल चोटका कारण गुमाएका रोनाल्डोले यस खेलमा भने सुरुवाती रोजाईमा खेलेका थिए । खेलमा पोर्चुगलले दबाब कायम गरेपनि अग्रता लिन पहिलो हाफको अन्तिम मिनेटसम्म कुर्नुपर्यो । ४४ औं मिनेटमा स्वीडेनका गुस्टाभ स्वेनसनले जोआओ मोउटिन्होलाई लडाएपछि रेफ्रीले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए ।
रोनाल्डोले त्यसै फलमा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । त्यसअघि स्वेनसनले १४ औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई फल गरेपछि रेफ्रीले पहेंलो कार्ड दिएका थिए । फ्रिकिकमा रोनाल्डोले पोर्चुगलका लागि गरेको यो नवौं गोल थियो ।
७२ औं मिनेटमा रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे । जोआओ फेलिक्सको पासलाई नियन्त्रणमा लिँदै रोनाल्डोले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट सुन्दर गोल गरे । रोनाल्डोको प्रहारलाई गोलरक्षक ओल्सेनले बचाउने कुनै अवसर पाएनन् । यससँगै रोनाल्डोले राष्ट्रिय टोलीबाट १०१ गोल पुरा गरेका छन् । राष्ट्रिय टोलीबाट १०० गोल पुरा गर्ने उनी दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि इरानका अली दाई रहेका छन् । अली दाईले (१०९) गोल गरेका छन् । रोनाल्डो अली दाईको कीर्तिमान भेट्टाउने लक्ष्यमा रहेको छ ।
त्यसअघि दोस्रो हाफमा ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लाग्दा पोर्चुगलले अग्रता बढाउने अवसर गुमाएको थियो । रोनाल्डो ८० औं मिनेटमा डिओगो जोटालाई स्थान दिँदै मैदान छाडेका थिए । ८५ औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार पोस्टबाट थोरैले बाहिरिँदा फेलिक्सको प्रयास पनि खेर गयो । लगत्तै फेलिक्सको प्रहारलाई ओल्सेनले उत्कृष्ट बचाउ गरे ।
यस जितसँगै पोर्चुगलले समूह ए ३ मा शीर्षस्थानमा कायम रहेको छ । पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले हराएको थियो । अर्को खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएपनि गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको हो । पोर्चुगल र फ्रान्सको ६–६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन् ।
अन्य नतिजा
अर्मेनियाविरुद्ध इस्टोनिया (२–०)
जर्जियाविरुद्ध नर्थ मासेडोनिया (१–१)
बेल्जियमविरुद्ध आइसल्यान्ड (५–१)
डेनमार्कविरुद्ध इंग्ल्यान्ड (०–०)
फ्रान्सविरुद्ध क्रोएसिया (४–२)
स्वीडेनविरुद्ध पोर्चुगल (०–२)
साइप्रसविरुद्ध अजरवैजान (०–१)
लक्जेमवर्गविरुद्ध मोन्टेनेग्रो (०–१)
सान मारिनोविरुद्ध लेचेस्टाइन (०–२)





प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




