साउन २६

नेपाल फिफाको विश्व वरियतामा एक स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल १ सय ७० औं स्थानबाट एक सय ६९औं स्थानमा उक्लिएको हो ।

नयाँ वरियता अनुसार पनि नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् । बरियताको शीर्ष स्थानमा भने जर्मनीलाई पछि पार्दै ब्राजिल पुगेको छ ।

त्यस्तै अर्जेन्टिना तेस्रो स्थानमा यथावत छ । त्यस्तै चौथोबाट क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स दशौंमा छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार